काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रीमियममा शेयर निष्कासन गर्ने छ । आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित कम्पनीले आफ्नो साधारणसभा बोलाएको छ ।
सभाले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने सामान्य प्रस्ताव पारित गर्नछ । कम्पनीले प्रिमियमा आईपीओ निष्काशनको तयारी गरिरहेको छ ।
कम्पनीको हाल चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीले जारी पूँजी २ अर्ब ५० करोड रुपैयाँको ३० प्रतिशत अर्थात ७५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्नेछ ।
सभाबाट आर्थिक वर्ष २०७६/७७ माथि छलफल गरी प्रतिवेदनहरु पारित गर्ने तथ लेखा परीक्षकको नियुक्ती गर्ने लगायतको प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दिएको ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहायत अनुमोदन गर्नेछ ।