शेयर बजारमा निरन्तर पहिरो,२३ सयको विन्दुमा आयो नेप्से

काठमाण्डौ । देशको अर्थतन्त्र दयनिय बनिरहेको बेला शेयर बजारमा पनि त्यसको प्रभाव देखिएको छ । मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेर बजार बन्द भएको छ । 

सोमबार पनि अर्धशतक हाराहारी घटेर बजार बन्द भएको थियो । नेप्सेसँगै कारोबार रकम पनि ओरालो लागिरहेको छ । आज १ अर्ब ४७ करोडको शेयर खरिद बिक्री भएको छ । 

आज किनबेच भएका २३७ कम्पनीहरूमा अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ भने सबै उपसूचकमा रातो पोतिएको छ । आज नेप्डो लघुवित्तको शेयर मूल्यमा सर्किट लागेको छ भने ९ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबैको शेयर मूल्य घटेको छ । 

आज हिमालयन डिष्टिलरीको सबै भन्दा धेरै मूल्यको शेयर किनबेच भएको छ । बीमा समूहको उपसूचक सबैभन्दा धेरै घटेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय