हिमाल दोलखा हाइड्रोपावरले हकप्रद जारी गर्ने

काठमाडौं - हिमाल दोलखा हाइड्रोपावर (HDHPC) ले ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले हकप्रद शेयर जारी गर्नको लागि आगामी साधारणसभामा प्रस्ताव लैजाने भएको हो।

कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजीको ७५ प्रतिशत अर्थात १ बराबर ०.७५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्न लागेका हो।

हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३ गते लिसारा हल नक्सालमा साधारणसभा बोलाएको छ। सभामा हकप्रदमार्फत पूँजी बृद्धि गरी २ अर्ब ८० करोड रुपैयाँ पुर्याउन प्रस्ताव लैजाने भएको छ। 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय