नेप्सेको हरियाली एक दिन पनि टिकेन,सोमबार दोहोरो अङ्कले घट्यो बजार  

काठमाण्डौ । साताको दोस्रो दिन नेप्से परिसूचक करिव ३५ अङ्कले घटेर बजार बन्द भएको छ । आइतबार शतक हाराहारीमा बढेको बजार आज भने घटेको हो । 

नेप्से घटेसँगै कारोबार रकम पनि घटेर २ अर्बमा आएको छ । आज दिनै भरिमा २ सय ३९ कम्पनीको शेयर खरिद बिक्री भएकोमा २७ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको शेयर मूल्य भने घटेको छ । यस्तै १ कम्पनीको शेयर मूल्य भने सर्किट लागेर कारोबार हुँदा बीमा समूहको उपसूचक सबै भन्दा धेरै घटेको छ । आज नेप्सेका सबै उपसूचकमा रातो पोतिएको छ । 

सेन्टल फाइनान्सको शेयर मूल्यमा सबै भन्दा धेरै गिरावट आँउदा अरुण भ्याली जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरै कारोबार भएको छ । ४६ हजार ४ सय पटक भन्दा धेरै पटक खरिद बिक्री भएको छ भने आज शेयर मूल्य घट्नेमा अधिकांश जलविद्युत कम्पनीको शेयर अगाडि रहेका छन । 

देश आर्थिक दुर्घटनामा पुग्नै लागेको बेला त्यसको असर शेयर बजारमा पनि परिरहेको छ । गत वर्ष ३२ सय नजिक पुगेको बजार त्यसपछि शेयर बजारमा निरन्तर उतारचढाव आइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय