के नेपालमा कोरोना संक्रमण फेरि बढ्न लागेको हो ? यस्तो छ पछिल्लो अपडेट

काठमाडौं - नेपालमा कोरोना संक्रमण फेरि बढ्दै गएको देखिएको छ । 

पछिल्लो २४ घण्टामा देशभर १८ सय ७५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार ६६ जनाको परीक्षण भएकोमा १८ सय ७५ जनालाई पोजेटिभ देखिएको जानकारी दिएको छ । यस्तै सोही अवधिमा २१ सय ६४ जना निको भएका छन् भने २१ जनाको मृत्यु भएको छ । 

 

६८ सय ५८ जनाको पीसीआर र ३२ सय ८ को एन्टीजेन परीक्षण भएको छ । जसमा १३१० जनालाई पीसीआर र ५६५ जनालाई एन्टीजेन परीक्षणमा संक्रमण पुष्टि भएको छ ।

अहिले सक्रिय संक्रमित २५ हजार ९५२ जना छन् । अहिलेसम्म नेपालमा ७ लाख १४ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६३ हजार ४०७ जना संक्रमणमुक्त हुनुका साथै ९५ सय २७ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया