थपिए ६८० संक्रमित, एक हजार ८३५ जना निको हुँदा दुईजनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ६८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ७ हजार ९५ जनामा कोरोना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय कोरोना संक्रमित हुने भन्दा निको हुने दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०२ जना पुगेको छ ।  

हालसम्म देशभर पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७४ हजार ३९ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३७ हजार ८५९ जनामा कोरोना पुष्टि भएको छ भने संक्रमितमध्ये ९ लाख ४२ हजार ७३७ जना निको भएका छन् ।  

यसैबीच पछिल्लो २४ घण्टामा ४३ हजार ८८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया