फेरी बढ्यो गाडी भाडा,कहाँ कति ?

काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा १० प्रतिशतले बढाएको छ । यातायात व्यवस्था विभागले स्वचालित भाडा दर कायम गर्दै यात्रुबाहक सवारीको भाडा दर १० प्रतिशतले बढाएको हो ।

विभागका अनुसार मालवाहक सवारीका लागि पहाडमा १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको छ ।

यातायात विभागले इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा अथवा घटेमा बैज्ञानिक भाडा समायाेजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था लागु हुने जनाएको छ ।

भाडाको सूचीको लागि यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय