काठमाण्डौ । मंगलबार प्रिओपन सेसनमा नेप्से तीन अंक भन्दा धेरेले बढेको छ । योसँगै समग्र बजार २५४९ विन्दुमा पुगेको छ । केहि समयदेखि निरन्तर ओरालो लागिरहेको शेयर बजार सोमबार भने अन्तिम समयमा एक्कासी बढेको थियो ।
आज यो सेसनमा २१ कम्पनीहरुको ११ माथिको शेयर खरिद विक्री भएको छ । कारोबार भएका मध्य १६ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ४ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै १ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । आज नेपाल बैंकको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ ।
आधा दर्जन कम्पनीहरुको शेयर मूल्य २ प्रतिशत हाराहारीमा बृद्धिहुँदा अजोड इन्स्योरेन्सको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ ।