काठमाडौंका सबै ठाउँमा सीजी नेट,मूल्य र स्पीडमा अरु कम्पनीलाई चुनौती

काठमाडौं - केही महिना अघि सेवा सुरु गरेर चर्चा आएको ईन्टरनेट प्रदायक कम्पनी सीजी नेट काठमाडौंका सबै स्थानमा पुगेको छ ।    

अध्याधिक महंगो र गति समेत सीमित दिइरहेका अन्य कम्पनीहरूको लागि CG भने ठाउँको दुखाइको विषय भएको छ । यो कम्पनी आएसँगै बजारमा अहिले प्राइस र स्पीडको युद्ध नै चलाएका छन् । अहिले अरु कम्पनीहरूको समेत मूल्य र गति बढेको छ । 

सीजी नेटले ९ सय ९९ रुपैयाँमा १२० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउँदै आएको छ । कम्पनीले पछिल्लो पटक मासिक ६ सय ४९ रुपैयाँमै ५० एमबीपीएसको सस्तो प्याकेज पनि सार्वजनिक गरिसकेको छ । नयाँ प्याकेज पछि बजारमा माग बढेको कम्पनीले जनाएको छ । 

सीजीले गत जेठदेखि काठमाडौंका सिमित क्षेत्रबाट आफ्नो सेवा सुरु गरेको थियो । अहिले ग्राहक सङ्ख्या १० हजार नाघिसकेको कम्पनीले जनाएको छ । सस्तो मुल्यमा तीव्र गतिको इन्टरनेट खोज्नेका लागि सीजी नेट सबैभन्दा उपयुक्त रहेको कम्पनीको दाबी छ । 

प्रतिक्रिया