काठमाडौं - पछिल्लो २४ घण्टामा ४६३६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ३७०३ र एन्टिजेन परीक्षणबाट ९३३ जनामा कोरोना पुष्टि भएको हो।
२४ घण्टामा १४५५६ परीक्षण भएको छ। जसमा पीसीआर १० हजार ४१२ र एन्टिजेन ४ हजार १४४ भएको । ३५० जना कोरोनामुक्त हुँदा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
हिजोको तुलनामा संक्रमितको संख्या घटेपति मृत्यु भने बढेको। हिजो ५०८७ मा संक्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु भएको थियो।