पिपुल्स पावर आइपिओको बाँडफाँड आज दिउँसो दुई बजे हुने पक्का

काठमाडौंं - पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको शेयर आज आइतबार बाँडफाँट हुने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा बाँडफाँट हुने भएको हो ।

कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गते प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको थियो ।

त्यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको शेयरले वितरण हुनेछ । त्यस अनुसार २ लाख २९ हजार ४६८ जनाले मात्रै शेयर पाउनेछन् ।


प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय