अपर स्याङ्गे हाइड्रोपावरले आइपीओ ल्याउने पक्का

काठमाडौं -  नेपालमा पछिल्लो समय एकपछि अर्को कम्पनीहरुले आइपीओ सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । एक दर्जन कम्पनीहरु पाइप लाइनमा रहेको अवस्थामा नयाँ कम्पनी पनि थपिएको छ । 

यसैबीच अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई आइपीओ जारी गर्ने भएको छ । 

कम्पनीले ८ लाख ७० हजार कित्ता आइपीओ बिक्री गर्न प्रभु क्यापिटल लिमिटेडलाई सेयर प्रत्याभूतिकर्ता (अन्डरराइटर) )मा नियुक्त गरेको छ । यस नियुक्ति सम्बन्धी सम्झौता बुधबार सम्पन्न भएको छ । सम्झौतामा अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष वीर बहादुर घले तथा प्रभु क्यापिटलका प्रबन्ध िनर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

यस कम्पनीले लमजुङ जिल्लाको मस्र्याङ्गदी गाउँपालिका वडा नं.४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीको भौतिक कार्य अन्तिम चरणमा पुगेको छ । यसले सेयर निष्काशन अनुमतिका लागि विद्युत नियमन आयोगमा आवेदन दिने तयारीसमेत गरिरहेको कम्पनीका कार्यकारी अध्यक्ष वीर बहादुर घलेले जानकारी दिए । 

प्रतिक्रिया