आँधीखोला र सिवाईसी लघुवित्त शेयर कारोबार रोकियो,कारण यस्तो छ

काठमाण्डौ । आँधीखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । स्याङ्जामा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्त र बाग्लुङमा केन्द्रीय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त मर्जरमा जाने भएका छन्। दुई लघुवित्तबीच बुधबार आपसमा गाभ्ने गाभिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।


प्रारम्भिक सहमति अनुसार दुई कम्पनीबीच १०० बराबर ७० कित्ता शेयरको अनुपातमा मर्जरमा जाने सहमति भएको छ।

हाल आँधीखोला लघुवित्तको चुक्तापूँजी ११ करोड ९० लाख रुपैयाँ रहेको छ भने सिवाईसी नेपाल लघुवित्तको चुक्तापूँजी १२ करोड १६ लाख रुपैयाँ रहेको छ ।

धौलागिरी लघुवित्तसँगको मर्जर भाँडिएपछि आँधिखोला लघुवित्तले नयाँ जोडिको खोजी गर्दै आएको थियो।

मर्जर सम्झौता पश्चात आँधीखोला लघुवित्त र सिवाईसी लघुवित्तको शेयर कारोबार दोस्रो बजारमा रोक्का भएको छ।

प्रतिक्रिया