कमल राज ढकाल । चितवन - स्थानिय सरकारले आफ्नो क्षेत्रको विकासको लागि विभिन्न रचनात्मक काम गरिरहेका छन् जसले जनताले समेत सरकार भएको महसूस गर्न पाएका छन् ।
कालिका नगरपालिका वडा ५ मा पदमपुरमा पर्यटन आगमनलाई प्रवर्द्धन गर्नको लागि भिमवली सामुदायिक होमस्टेको सुरुवात गरिएको छ ।
हिजो एक कार्यक्रमका बीच होमस्टेको भब्य उदघाटन गरीएको छ । कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मीले एक कार्यक्रमका बीच होमस्टेको उदघाटन गर्नु भएको छ ।
सेवाको शुभारम्भ गर्दै मेयर रेग्मीले यहाँका स्थानीयहरुको आर्थिक अवस्थालाई बलियो बनाउन होमस्टे कोसेढुङ्गा सावित हुने बताउनु भयो । साथै पाहुनाहरुको आदरसत्कारलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिन समेत उहाँले सुझाव दिनुभयो । उहाँले होमस्टेले थारु समुदायको कलासंस्कृति संरक्षणसँगै बन र बन्यजन्तु संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास थियो ।
कार्यक्रममा कालिका नगरपालिकाका सदस्य,वडा अध्यक्षहरू,वडा ५ का सम्पूर्ण सदस्य,भिमवली सामुदायिक वनका अध्यक्ष साथै पत्रकारहरुको उपस्थिति थियो ।