काठमाडौं -छ्याङदी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको ८ औं वार्षिक साधारण सभा पौष ३० गते, (शुक्रबार) कम्पनीको केन्द्रीय कार्यालय, गैह्रीधारा, काठमाडौँमा भर्चुअल माध्यम मार्फत सुरु हुनेछ ।
सभामा सभामा ३० प्रतिशत हकप्रद सेयर बिक्री पश्चात् कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने प्रस्ताव पारित गरिने छ ।
त्यस्तै,, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष २१ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष २० गते (मंगलबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।