काठमाण्डौ । नेपाली समाज कता जाँदै छ ? आजको निकै तीतो प्रश्न हो यो । १८ महिनाकी बालिका बलात्कारपछि हत्यादेखि दैनिक रुपमा घट्ने समाजका अप्रिय घटनाले सोच ढिलो भइसकेको बताउँछ ।
यस्तै दुखद घटना घटेको छ कैलालीमा । र्दु बालिका बलात्कार गरेको आरोपमा दुई वृद्ध पक्राउ परेका छन । ११ बर्षिया बालिकालाई करणी गरेको आरोपमा चुरे गाउँपालिका र घोडाघोडी नगरपालिकाबाट २ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्ने पुरुष ६० वर्षका रहेको प्रहरीको भनाई छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शनिबार जङ्गलमा गोठालो गएका बेला बालिकालाई करणी गरेको प्रहरीमा निवेदन परेको थियो ।