आज पनि देशका अधिकांस स्थानमा पानी पर्ने, किसानलाई राहत

काठमाडौँ । केही दिनदेखि देशका विभिन्न स्थानहरूमा आंशिक वर्षा भइरहेको छ। यसै बीच मङ्गल मङ्गलबार पनि देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखालें। जनाएको छ ।

 मंगलबार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ। 

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मकै छर्ने मेलामा पानी परेपछि किसान भने हर्षित छन्। देशका अधिकांश  ठाउँमा अब मकै खेती लगाउन सुरु भएको छ।

प्रतिक्रिया