घट्दै छ कोरोना संक्रमण यस्तो छ पछिल्लो अपडेट

पछिल्लो २४ घण्टामा देशभर ५९१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट ५२३ र  एन्टिजेन परीक्षणबाट ६८ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा ७  हजार ६५४ नमुनाको पीसीआर परीक्षण र २  हजार ४३ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ९ हजार  ६९७ गरिएको छ । 

९३७ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ। 

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ११ हजार ८७४ छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख ५ हजार ५६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९३ हजार ४३०  पुगेको छ । 

हालसम्म ७ लाख ८२ हजार ३९३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार २९३ पुगेको छ ।

प्रतिक्रिया