दुई बीमा कम्पनीले करिव दुई अर्बको आईपीओ निकाल्दै


काठमाडौं–विभिन्न कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै आएका छन् । दुई बीमा काम्पनीले करिब दुई अर्बको आईपीओ निष्काशन गर्ने तयारी गरेका छन् । रिलायवल र आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्न लागेका हुन् ।


दुई जीवन बीमा कम्पनीहरुले एक अर्ब ८७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्यारेन्सले सो बराबरको आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।


रिलायवल लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ थप गरी प्रतिकित्ता २१२ रुपैयाँको दरले १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने छ । यस्तै आइएमई लाइफ इन्स्योरेन्सले पनि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्नेछ ।
 

प्रतिक्रिया