आइपीओ निष्कासनको लाइनमा २९ कम्पनी,अब अनुमति दिने तयारीमा बोर्ड

काठमाडौं - धितोपत्र बोर्डमा प्रमुख नहुँदा २९ कम्पनीहरूको आइपीओ निष्कासन विगत ५ महिनादेखि रोकिएको छ । जसले धेरै आयोजनाहरु प्रभावित भएका छन्  । 

सेबोनमा अध्यक्ष नहुँदा झन्डै ४ महिनादेखि आईपीओ निष्कासन हुन सकेको छैन। अहिले सेबोनको पाइपलाइनमा २९ वटा कम्पनीका आईपीओ स्वीकृतिको पर्खाइमा छन्। 

पछिल्लोपटक गत साउन १४ गते बुद्धभूमि नेपाल हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति पाएको थियो। बुद्धभूमिसहित चालु आर्थिक वर्षमा ३ वटा कम्पनीले मात्र आईपीओ निष्कासनको अनुमति पाएका छन्। 

उता बोर्ड भने अब कम्पनीहरुलाई आइपीओ निष्कासनको लागि अनुमति दिने तयारीमा रहेको छ ।  प्रमुख आउन अझ केही समय लाग्ने देखिएसंगै रोकिएका काम गर्ने मोडमा छ बोर्ड । 

प्रतिक्रिया