नेप्सेमा पहिरो रोकिएन,निरन्तर बजार ओरालो लागेपछि अन्योलमा लगानीकर्ता

काठमाडौं - आज (मंगलबार) पनि सेयर बजारमा भारी अंककाे गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४५.५९ अंकले घटेर २०२०.२३ विन्दुमा झरेकाे छ । नेप्से २.२१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ११.२४ अंकले घटेर ३८९.१२ विन्दुमा झरेकाे छ । 

कूल २३४ वटा कम्पनीकाे ३८ लाख ८७ हजार ७ सय ४८ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३१ करोड २८ लाख ६ हजार ५ सय ६३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर घटेकाे छ । 

मंगलबार एनआईसी एशिया बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ६ कराेड ११ लाख ८८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

 

आज पनि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार एक सय २६ रूपैयाँ पुगेकाे छ ।

यस दिन हिमालयन बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ९.९७ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय २३ रूपैयाँ १० पैसामा झरेकाे छ । 

प्रतिक्रिया