काठमाडौं - पहिलो कारोबार दिन राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीको सेयर मूल्य झिनो वृद्धि भएको छ ।
बुधवारदेखि कारोबारमा आएको कम्पनीको सेयर मूल्य शून्य दशलमव ९७ प्रतिशत अर्थात प्रतिकित्ता ३ रुपैयाँ १० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ३२२ रुपैयाँ १० पैसा कायम भएको छ ।
आज कम्पनीको सेयर स्पेशल प्रि ओपनिङ्ग सेसनमा प्रतिकित्ता ३ सय १९ रूपैयाँमा कारोबार भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम १०६ रूपैयाँ ३५ पैसादेखि अधिकतम ३ सय १९ रुपैयाँ ०५ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो ।
बुधवार कम्पनीको ३ करोड २७ लाख ८९ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । पहिलो कारोबार दिन कम्पनीको ९७ हजार ६५३ कित्ता सेयर किनबेच भएको हो ।