आयल निगमको प्रमुख को बन्ला ? पर्यो १७ जनाको आवेदन 

काठमाण्डौ । रिक्त रहेको नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन्।।


मन्त्रालयका अनुसार जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, डा। लक्ष्मण पौडेल, लोकबहादुर खड्का, कृष्णप्रसाद यादव, तारानाथ पौडेल र चित्तरञ्जन दासले कार्यकारी निर्देशकका लागि आवेदन दिएका छन्। । त्यस्तै, रामदेव यादव, चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भूपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमारले पनि आवेदन दिएका छन्। ।

मन्त्रालयका अनुसार आवेदन गरेका उम्मेदवारहरूको छनोट समितिले कार्यपत्र प्रस्तुतिकरण र अन्तर्वार्ता लिनेछ। अन्तर्वार्ता र कार्य प्रस्तुतिकरणबाट धेरै अङ्क ल्याउने तीन जनाको नाम मन्त्रिपरिषद्‌मा प्रस्ताव गर्नेछ। तीन जना मध्येबाट मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक नियुक्त गर्नेछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय