कालिञ्चोक दर्शनको आइपीओ केही समयमा बाँडफाँड हुने,यसरी हेर्न सकिन्छ सबै भन्दा पहिला नतिजा

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ आज बिहान ९:३० मा बाँडफाँड गरिँदै छ । 

धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाण्डौको नक्सालस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिनेछ। 

कम्पनीले गत माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँबराबरको १० लाख ८० हजार कित्ता आईपीओ जारी गरेको थियो। जसमा १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणले आवेदन दिएका छन्।

यो आईपीओमा निष्कासनको अन्तिम दिनसम्म १४ लाख ३२ हजार ८८१ आवेदकले कुल १ करोड ६६ लाख ८ हजार कित्ताका लागि आवेदन दिएका छन्। यो आईपीओमा मागभन्दा १८।५२ गुणा बढी आवेदन परेको छ। यस हिसाबले यो आईपीओमा सेयर पर्न पनि भाग्यकै भरपर्नुपर्नेछ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ८९ हजार ६४० जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १३ लाख ४३ हजार बढीको हात खाली हुनेछ ।

आइपीओको नितिजको लागि यहाँ जान सकिन्छ - 

iporesult.cdsc.com.np

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय