कोरोना संक्रमित घटे पनि ज्यान जानेको संख्या बढ्यो,यस्तो छ २४ घण्टाकै अपडेट

काठमाडौं - २४ घण्टामा देशभर ३ हजार १७५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट २ हजार ७४२ र एन्टिनेज परीक्षणबाट ४३३ जनामा कोरोना पुष्टि भएको छ । 

२४ घण्टामा १२ हजार ६०५ कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसमा १० हजार २६ पीसीआर र २ हजार ५७९ एन्टिजेन परीक्षण भएको छ ।

यस आँकडामा एसएमएस तथा इमेलबाट आएका एन्टिनेज परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२४ घण्टामा ८७२३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या १४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ६३ हजार ९९६ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया