कोरोना संक्रमण बढे लकडाउन,नेपालमा संक्रमण उच्च

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाईरसको संक्रमण दर बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा देउवाले यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्री देउवाले कोरोनाबारे जनचेतना जगाउने कामलाई अघि बढाउन, खोप अभियानलाई तीव्रता दिन, अत्यावश्यक व्यक्तिको लागि चाँडै बुस्टर डोजको व्यवस्था गर्न, अस्पतालमा अक्सिजन लगायतको व्यवस्था गर्न र सीमा क्षेत्रमा होल्डिङ सेन्टर निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका थिए ।स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिडको विषयमा केन्द्रित भएर छलफल भएको र ओमिक्रोनको बढने लहरको विषयमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा कुरा भएको जानकारी दिए ।

नाकाहरुलाई कसरी अझ चुस्तदुरुस्त बनाउने अनि एन्टिजिन परीक्षण गर्दा देखिएका बिरामीहरुको कसरी आईसोलेशनको व्यवस्था गर्ने, देखिएका विरामीहरुको थप परीक्षण बढाउने, उनीहरुको खाने, बस्ने सुविधाका बारेमा कुरा भएको छ र खोप लगाउन अझ तीव्रता दिने र चाँडै नै बुष्टर खोपमा पनि जाने भन्ने छलफल भएको उनले बताए । कोरोना संक्रमण दर बढ्दै गएपछि लकडाउन अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा छलफल भएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय