मेयरमाथि जनताले यसरी मुक्का बजाए - भिडियो सहित

काठमाण्डौ । जनप्रतिनिधिदेखि जनताको आक्रोस बढ्दै गएको देखिएको छ । 

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीय एक युवाले आक्रमण गरेका छन् । लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको अवलोकनमा लागि गएका मेयर सुवेदीलाई  एक युवाले पहिरो पीडितलाई सरकारले केही नगरेको आरोप लगाउँदै मुक्का हानेका हुन् । 

यति लामो दिन आफूहरु विस्थापित हुँदा मेयर कहाँ थिए भनेर आक्रोश पोख्दै उनी मुक्का हान्न पुगेका थिए । उनीमाथि आक्रमण भएपछि तत्काल जनपथ र  नगर प्रहरीले रोकेका थिए । उनलाई मुक्का प्रहार भएको स्थानीयले खिचेको भिडियोमा प्रष्ट देखिन्छ । इलाका प्रहरी कार्यालय बुटवल प्रहरी नायव उपरीक्षक मदन कुँवरले मेयरमाथि आक्रमण भन्दा पनि स्थानीय आक्रोशित हुँदै होहल्लामात्रै गरेको दावी गरे । 

आफूहरु विस्थापित हुँदा समेत सरकारले नहेरेको भन्दै स्थानीय आक्रोशित बन्दै मुक्का प्रहार नै भएपछि मेयर फर्किएका थिए । सो स्थानमा पटक चुरे क्षेत्रबाट आउने पहिरोले समस्या पार्ने गरेको छ ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय