अपर हेवाखोलाको आइपीओ आजदेखि पहिलो कारोबार हुने,कतिमा होला पहिलो किनबेच ?

काठमाडौं -  अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड (UHEWA) को साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ५० लाख कित्ता शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

सर्वसाधारणलाई निष्काशन गरेको १५ लाख कित्ता,आयोजना प्रभावितलाई निष्काशन गरेको ५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३० लाख गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेमा न्युनतम १०० रुपैयाँ देखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । उक्त ओपनिङ्ग रेन्जको आधारमा भोलि बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेप्सले कम्पनीको शेयरलाई युएचईडब्लुए (UHEWA) कारोबार संकेत प्रदान गरेको छ ।

प्रतिक्रिया