पर्वतमा पहिरोको वितण्डा,एक परिवारका ५ जना पुरिदाँ पुरै गाँउनै शोकमा

काठमाण्डौ - पछिल्लो केहि दिनदेखि नेपालका विभिन्न ठाँउमा परेको अविरल बर्षाले ठुलो धनजनको क्षति भइरहेको खबर सार्वजनिक भइरहेका छन ।

यसैविच पर्वतमाबाट आज विहानै दुखद खबर आएको छ । पर्वतका विभिन्न ठाँउमा पहिरोमा पनि ५ जनाको ज्यान गएको छ ।  

पहिरोले कुश्मा नगरपालिका ३ दुर्लुङमा २ जना, कुस्मा ११ सिल्मीमा २ जना र मोदी गाँउपालिका ५ अम्बोटमा एक जनाको मृत्यु भएको हो । पहिरोमा परेर ५ जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।  


दुर्लुङमा पहिरो जाँदा ५ जना पुरिएकामा २ जना मृत अवस्थामा फेला परेका छन् भने तीन जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएको घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको घर भत्किँदा बेपत्ता अन्य ३ जनाको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


त्यसैगरी सिल्मीमा मनिलाल पौडेलको घरमा आएको पहिरोले पुरिएर पाहुना आएका मोदी गाउँपालिका ७ राम्जाका ३८ वर्षीय दुर्गा पौडेल र उनका छोरा ६ वर्षीय गणेश पौडेलको मृत्यु भएको छ ।


त्यसैगरी, मोदी गाउँपालिका,अम्बोटमा पहिरोले घर पुर्दा फुलमाया थापाको मृत्यु भएको छ । राती पहिरोले पुरेर बेपत्ता भएकी उनको शब फेला पारिएको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय