फेरि बढ्यो इन्धनको मूल्य,छोइनसक्नु भयो महंगी

अठमाडौं - नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगम संचालक समितिको मंगलबार बसेको बैठकले हिजो राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । 

यससँगै काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोल र डिजेल–मट्टितेलको प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १६० र १४३ रुपैयाँ कायम गरिएको छ । यस्तै हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ । 

यस्तै हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय