काठमाण्डौ – एटलान्टिक इन्टरनेशनल कलेजले एक कार्यक्रमका बीच नयाँ शैक्षिक सत्र २०८१का लागि एमबीए र एमबीए फाइनान्स संकायका कक्षा सुरु गरेको छ । काठमाण्डौमा शनिवार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा. प्रेमराज पन्तले कलेजमा नयाँ शैक्षिक कार्यक्रम सुरु गरेसँगै अवसर र चुनौती दुवै थपिएको बताए । विदेश पलायन रोक्न र तिब्र प्रतिस्पर्धाको सामना गर्न कलेज सफल हुने बताए । पन्तले एट्लान्टिकले व्यावहारिक शिक्षामा जोड दिने विश्वास व्यक्त गरे ।
एटलान्टिक इन्टरनेशनल कलेज सन् २००९मा स्थापना भएर गुणस्तरीय शिक्षा दिँदै आएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएको कलेजमा अध्ययन गरेका धेरै विद्यार्थीहरू अहिले विभिन्न निकायको उच्च तहमा पुगेका छन् ।
कार्यक्रममा एटलान्टिक इन्टरनेशनल कलेजका अध्यक्ष महेन्द्र प्रसाद श्रेष्ठले लामो यात्रा बीच कलेजले गुणस्तरी शिक्षासँगै दक्ष जनशक्ति उत्पादन गरेको बताए । एमबीए र एमबीए फाइनान्स अध्यापन सुरु गरेर विद्यार्थीहरुलाई नयाँ विषयहरूको अध्यापन गराउन लागेका उनले बताए । यसबाट विद्यार्थीले लाभ लिन सक्ने श्रेष्ठ बताउँछन् । कलेजका प्रिन्सिपल इन्जिनियर शंकर नाथ अधिकारीले समयको आवश्यकता अनुसार नयाँ शैक्षिक कार्यक्रम सुरु गरेको बताए ।
कलेजमा ५ सय भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत छन् । कलेजले देशमै उत्कृष्ट गुणस्तरी शिक्षा दिँदै आएको छ । नयाँ विषयका कक्षाहरु बिहान ६ः३० देखि ९ बजे सम्म सञ्चालन हुने छन् । कार्यक्रमको अवसरमा कलेजले प्रकाशित गरेको स्मारिका पनि विमोचन गरिएको थियो ।