नामिबियामाथी नेपालको लगातार दोस्रो सानदार जित

विक्रम कुमार पौड्याल/काठमाडौं - आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आज भएको त्रिदेशीय एकदिवसिय क्रिकेट श्रृङ्खलामा नेपालले नामिबियालाई ३ विकेटले हराएको छ।

नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाएर भेट्यायो। 

नेपालको जीतमा ३ जना खेलाडीले अर्धशतक प्रहार गरे। ओपनर आशिफ शेखले ८१ रन प्रहार गरे त्यस्तै ज्ञानेन्द्र मल्लले ६५ तथा कुशल मल्लले ६२ रनको अर्धशतकीय पारी खेले।

नामिबियाका रुबेन ट्रम्पलमेनले ३ तथा स्कोल्टाजले २ विकेट लिए।

एसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएको थियो।

नामिबियाको लागि जेन ग्रीनले ७५ तथा पिक्की या फ्रान्सले ४९ रनको पारी खेलेका थिए। नेपालका सन्दिप लामिछानेले ३ तथा करण केसीले १ विकेट लिएका थिए। अब नेपालको अर्को खेल मङ्गलबार स्कटल्याण्ड संग हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय