अब आइफोन प्रयोगकर्ताले पनि मेरो शेयर एप चलाउन पाउने

काठमाण्डौ । यस अघि एन्ड्रोइड भर्सनमा मात्र रहेको मेरो शेयर एप आइओएस प्रविधिमा पनि आउने  भएको छ । मेरो शेयरको काम नगर्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले यो विषयमा जानकारी दिएको छ । 

सीडीएससीले २०७७ असोज पहिलो साता मेरो सेयरको एप ल्याएको छ । उक्त एप ‘गुगल प्ले स्टोर’ मा अपलोड गरिएको छ । अब भने आईओएस मोबाइल फोन प्रयोग कर्ताले पनि मेरो सेयर प्रयोग गर्न पाउने सीडीएससीले जनाएको छ । 

अहिले त्यसको निर्माणकार्य धमाधम भइरहेको छ । उनका अनुसार आईओएसमा मिल्ने खालको एप एफ वान सफ्ट कम्पनीले नै यसको निर्माण गरिरहेको छ ।


यो एप निर्माण भएपनि आईओएस भर्सनका फोन बोक्नेहरुले पनि मोबाइलबाट नै मेरो शेयर प्रयोग गर्न सक्नेछन् । आईओएसमा पनि एन्ड्रोइडमा प्रयोग भएजस्तै सेवा पाउन सकिने छ ।

लगानीकर्ताहरुले सेयर विवरण, बजार मूल्यको पोर्टफोलियो, आईपीओ, एफपीओ तथा हकप्रद सेयर आवेदन, भारित औषत लागत गणना, इडीआइएस जस्ता सुविधा प्राप्त गर्नेछन् ।

कम्पनीले मेरो शेयर सफ्टवेयरलाई थप सरल, प्रयोगकर्ता मैत्री र सहज बनाउने उद्देश्यले एप बनाउन लागेको जनाएको छ । पछिल्लो समय शेयर बजार पूर्ण रुपमा अनलाइन मैत्री बन्दै जाँदा यो एप आवश्यक रहेको जानकारहरुको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय