नागरिक स्टक डिलरले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । आईपीओ निष्कासन गर्ने नयाँ कम्पनी थपिएको छ । नागरिक स्टक डिलर कम्पनीले आफ्नो साधारण सभामा सो प्रस्ताव राखेपछि नयाँ कम्पनी थपिने भएको हो । 

मंसिर २४ गते शुक्रबार बसेको सञ्चालक समिती बैठकले कम्पनीको दास्रो साधारणसभा नागरिक लगानी कोष भवन, नयाँ बानेश्वर, काठमाडौंमा पुस २३ गते अपरान्ह ३ः३० बजेबाट गर्ने निर्णय गरेको छ ।


सभाले विशेष प्रस्तावका रुपमा नियमनकारी निकायको स्वीकृती पश्चात जारी गर्ने गरी कम्पनीको जारी पूँजीको ३० प्रतिशतले हुने १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता शेयर सर्वसाधारणमा ९सर्वसाधारण समुहभित्र नै बर्गिकरण हुने गरी कर्मचारीलाई छुट्याइएको २ प्रतिशत सेयर सहित० प्राथमिक सेयर  निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।

प्रतिक्रिया