काठमाडौंं - यसपालीकाे तिहारकाे भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको छ । यद्यपि यसदिन दिनभरि नै राम्रो साइत भएकाले आफ्नो अनुकुल समयमा टीका लगाउन सकिन्छ ।
यस दिन दाजुभाइहरु पूर्व या पश्चिम तर्फ बस्ने र दिदीबहिनीहरुले टीका लगाई दिने चलन छ । दाजुभाइलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका, गलामा दुबो र मखमलीको माला पहिराउने परम्परा रहेको छ ।
साथै दाजुभाइलाई मीठो मीठो परिकार खुवाउने गरिन्छ । यस दिन भाइटीका लगाएपछि यमपञ्चक सहित नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार सकिन्छ ।