नेपाललाई लगातार पाँचौं हार, ओमानसँग १ विकेटले पराजित

काठमाडाैं - आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले खराब प्रदर्शन जारी राखेको छ। बिहीबार क्यानडामा सम्पन्न खेलमा नेपाल ओमानसँग १ विकेटले पराजित भयो। नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालका करण केसीले ४९औं ओभरमा २ रनमात्र दिएर खेललाई रोमाञ्चक बनाए पनि अन्तिम ओभरमा ओमानका कलीमुल्लाह र सकील अहमदले जित हात पारे। नेपालका लागि गुल्सन झाले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए, तर त्यसले जितको लागि पर्याप्त साबित भएन।

यसअघि नेपालले ९ विकेट गुमाएर २२० रन बनाएको थियो। कप्तान रोहितकुमार पौडेलले ६० रन र गुल्सन झाले ५३ रनको योगदान दिए।

अब नेपालले आइतबार राति घरेलु टोली क्यानडाविरुद्ध आफ्नो तेस्रो खेल खेल्नेछ।

 

प्रतिक्रिया