के तपाईं टेलिकमको सिम प्रयोग गर्नुहुन्छ ? यस्तो छ होलीको आकर्षक अफर

काठमाडौं - आज रंगहरुको पर्व होली । पहाडी भागमा सरकारले होलीको लागि सार्वजनिक बिदा समेत दिएको छ । 

मुलुकभरी मनाइने फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर सार्वजनिक गरेको छ । यो अफर आज अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।

यो अफर अन्तर्गत ६९ रुपैयाँमा १ एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिन र २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुने छ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय