पहिरोले घर बास उठाएपछि बुटवलमा पुरै गाउँ शोकमा

काठमाडौं - अविरल वर्षा सँगै आएको बाढीपहिरोले देशभरि वितण्डा मच्चाई रहेको छ । धेरै धन जनको समेत क्षति पुर्याएको झरी अझ १/२ दिन रहने मौसम विदाहरुले जनाएका छन् । 

यसैबीच बुटवलमा सोमबार पहिरोले ७ वटा घर पुरिएका छन् भने अन्य १५ वटा घरमा सामान्य क्षति भएको छ । चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा बुटवल उपमहानगरपालिका–३, ज्योतिनगर बमघाटका ७ घर पुरिएको प्रहरीले जनाएको छ ।

दिउँसो पहिरो गएको र आइतबार नै केहीलाई सुरक्षित स्थानमा सारेका कारण गएका कारण मानवीय क्षति नभएको इलाका प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार पहिरोले अम्मर विक, सीता थकाली, तुलसा सुवेदी, यमबहादुर पुन, मनकुमारी शर्मा, ईश्वरा पाण्डे र रोशन राणाको घर पुरेको छ भने अन्य १५ घरमा पनि ढुंगासहितको लेदो माटो पसेको छ ।

 

यसअघि आइतबार पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोडसमेत बगाएको थियो । पहिरोबाट क्षति बढ्न सक्ने भन्दै सुरक्षाकर्मी र स्थानीय युवा क्लबहरू सहयोगका लागि जुटेको प्रहरीले बताएको छ । ज्योतिनगर क्षेत्रमा आइतबारदेखि नै पहिरो खतरा आँकलन गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय