• गृहपृष्ठ /
  • समाचार ,
  • Breaking News ,
  • मुख्य खबर ,
  • अन्तर्राष्ट्रिय

५ दशमलब २ म्याग्‍निच्यूडको भूकम्पको धक्का

बेइजिङ–चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ । आइतबार स्थानीय समयअनुसार उत्तर पश्चिम चीनको अक्की काउन्टीमा ५ दशमलब २ म्याग्‍निच्यूडको भूकम्प गएको चाइना अर्थक्वेव नेटवर्क सेन्टर (सीईएनसी) ले जनाएको छ । 

भूकम्पको गहिराइ १० किलोमिटर रहेको जनाइएको छ । यसअघि शनिबार पनि सिन्जियाङमा ४ दशमलब ३ रेक्टर म्याग्निच्युडको भूकम्प गएको थियो  । दुई महिनाअघि सिन्जियाङमा ५ म्याग्नेच्यूडको भूकम्प गएको थियो । 

प्रतिक्रिया