काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिनु भएको छ ।
ऊर्जा मन्त्री पम्फा भुसाललाई प्रक्रिया पूरा गरेर घिसिङलाई नियुक्त गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।
यस अघि माघ २०७७ मा ओली नेतृत्वको सरकारले कुलमान को ठाउँमा हितेन्द्र शाक्यलाई नियुक्त गरेको थियो । त्यो समयमा पनि जन स्तरबाट कुलमान लाई पुनः नियुक्त गर्न दवाव सिर्जना भएको थियो ।
केही दिन अघि मात्र ऊर्जा मन्त्री पम्फा भुसालले कार्य प्रगति सन्तोष जनक नभएको भन्दै शाक्यलाई राजीनामा दिई सहयोग गर्न आग्रह गरेकी थिइन् ।