धौलागिरी लघुवित्तले पनि आईपीओ निष्कासन गर्ने,बोर्डमा दियो निवेदन

काठमाण्डौ । धितोपत्र बोर्डमा अहिले पनि २ दर्जन कम्पनीहरू आईपीओ निष्कासनको प्रतीक्षामा छन । यो क्रम भने अझै रोकिएको छैन । नयाँ प्रमुख आएपछि बोर्डले धमाधम नयाँ कम्पनीहरूलाई अनुमति प्रदान गरिरहेको छ । 

यसै बीच धौलागिरी लघुवित्त वित्तीय संस्था आईपीओ निष्कासन अनुमति माग्न धितोपत्र बोर्डमा पुगेको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको सनराइज क्यापिटलले गर्नेछ । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आईपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । 
 
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको लघुवित्त संस्था हो । प्रधान कार्यालय बागलुङ जिल्लाको बागलुङ नगरपालिका वार्ड नं। २, श्री नगर टोलमा अवस्थित यस संस्थाले २०७५ फागुन १ देखि वित्तीय कारोबार गर्दै आइरहेको छ । हाल यस संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४ हजार ५०० सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गरेको छ । 
 

प्रतिक्रिया