काठमाडौं । दशैंपछि बैंकहरुको निक्षेप संकलन विस्तारै बढिरहेको छ । पछिल्लो हप्ता बैंकको नगद संकलनमा क्रमश सुधार आइरहे पनि अक्टोवर १९ मा भने सामान्य गिरावट आएको थियो ।
नेपाल बैंकर्स संघका अनुसार कार्तिक पहिलो साता सम्ममा सातामा बैंकहरुको निक्षेप संकलन ४ अर्ब रुपैयाँले घटेको हो । यो अबधिमा ऋण लगानी समेत ३ अर्बले घटेको छ ।
अहिले बैंकहरुको सीडी रेसियो ८७.९१ प्रतिशत रहेको छ । गत आर्थिक बर्षको अन्तिम महिनामा सीडि रेसियो ९० प्रतिशत भन्दा धेरै रहेको थियो ।
बैंकमा तरलता अभाव भएका कारण शेयर बजार निरन्तर ओरालो लागेको आरोप लागे पनि अहिले तरलता सहज हुँदा शेयर बजारमा सुधार आउन सकेको छैन । कम्पनीहरुले लाभांश घोषणा गर्ने समय भएता पनि शेयर बजार माथि जान सकिरहेको छैन ।