बजार आज पनि बढ्ने संकेत

काठमाडौं - केही दिन देखि निरन्तर ओरालो लागिरहेको शेयर बजार आईतबार भने बन्द हुने बेलामा एक्कासी बढ्यो । बजार नियोजित घटाइएको आरोप लागिरहेका बेला अब बजार कुन दिशामा जान्छ भन्ने धेरैको जिज्ञासा रहेको छ । 

यसै बीच जानकारहरुले बजार निकै तल झरिसकेको हुँदा यो भन्दा तल आउने अवस्था नहरेको बताउँछन् । उनीहरूको दावी छ कि बजार अब यो भन्दा तल झर्न पर्ने कुनै कारण नै छैन बजार तलमाथि हुँदै सबै अघि बढ्छ । 

त्यस्तै नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट देखिएपछि त्यसको मनोवैज्ञानिक असर बजारमा परेको केहीको बुझाइ छ । अन्य क्षेत्र ठप्प हुँदा विगतमा शेयर बजारमा धेरैको आकर्षण बढेको पनि देखिएको थियो । सोही विश्वासमा पनि हिजो बजार बजार बढेको भन्नेहरु पनि छन् । 

तरलता अभाव,बैंकको ब्याजदर,शेयर धितो कर्जाको सीमा लगाएका कारणले बजारमा प्रभाव परिरहेको बेला अब भने यी कुराहरूलाई बिस्तारै बजारले पचाउँदै जाने विश्वास लिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय