हमालको राजिनामा पछि नयाँ जिम्मेवारी तोकियो,कसले पायो उद्योग मन्त्रालयको जिम्मेवारी ?


काठमाडौं–नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजिनामा दिए पछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी वहन गर्ने भएका छन् । 


विवादका कारण मन्त्री गजेन्द्र हमालले दिएको राजीनामा स्वीकृत गरेका प्रधानमन्त्री देउवाले तत्कालका लागि सो मन्त्रालय आफैंसँग राखेका हुन्  प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम हमालले राजीनामा दिएकाले सो मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने गरी तोकेकी छिन् ।
 

प्रतिक्रिया