बेहुली लिएर फर्केको जन्तिको गाडी दुर्घटना ८ जनाको ज्यान गयो

काठमाडौं - प्युठानमा भएको जिप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । भने ५ जना घाइते भएका छन् । 

शनिबार बिहान ३ बजे नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटास्थित करिब १ सय ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो । 

मृतकको पहिचान खुल्न सकेको छैन । बेहुलासहित ५ जना घाइते छन् । घाइतेलाई थप उपचारका लागि बुटवल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया