अमेरीकामा भयानक भुकम्पन,सुनामीको खतरा छ कि छैन ?

एजेन्सी । अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको भूकम्प गएको छ । अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण पूर्वको समुद्री क्षेत्रमा भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

जमिनको सतहदेखि ४६ किलोमिटर गहिराइबाट भूकम्प गएको बताइएकाे छ । भूकम्पपछि ठूलो सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

अलास्काको पेनिनसुला र एलेउटिन टापुमा सुनामीको चेतावनी दिइएको छ । ती क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान भनिएको छ । भूकम्पले पुर्‍याएकाे क्षतिबारे भने अहिलेसम्म केही पत्ता लाग्न सकेकाे छैन ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय