आइपीओमा आवेदन दिने अन्तिम मौका मंगलबार

काठमाडौं - सीवाइसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिन मंगलबार अन्तिम दिन हो । कम्पनीले चैत २ गतेदेखि आवेदन खुल्ला गरेको थियो । 

यस अघिनै कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परिसकेको छ । भोलि बेलुका ५ बजे सम्म कम्पनीको आइपीओमा आवेदन दिन सकिने छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्ने छ ।

कुल जारी सेयर मध्ये ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई विक्री खुल्ला गरिने कम्पनीले जनाएको छ ।

इच्छुक लगानीकर्ताहरुले वैशाख २ गतेदेखि वैशाख ६ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको शेयरमा केबल 10 कित्ता आवेदन दिए पुग्छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय