लगानीकर्ताको आन्दोलन विशाल बन्दै

काठमाडौ - केही दिनदेखि लगानीकर्ता आन्दोलनमा छन् । उनीहरूले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन् ।  

यसै बीच शनिबार दिउँसो १ बजे धितोपत्र बोर्ड कार्यालय आसपासका क्षेत्रमा प्रदर्शन गरिने भएको हो । पुँजी बजार सुधारका माग राखेर लगानीकर्ता तिलक कोइराला विगत ४ दिनदेखि आमरण अनसनमा बसेका छन् । तर उनको मागका सम्बन्धमा अहिलेसम्म कुनै सुनुवाई भएको छैन । माग पूरा नभएपछि लगानीकर्ताहरु थप आक्रोशित बनिरहेका छन् । सोहीक्रममा आम लगानीकर्ताले शक्ति प्रदर्शन गर्न लागेका हुन् ।

सेयर लगानीकर्ताले रोहन कार्कीले फेसबुक स्टाटसमा उल्लेख अनुसार ५२ लाख लगानीकर्तामध्ये काठमाण्डौमा मात्र ५ लाख बढी लगानिकर्ता रहेको हाम्रो अनुमान छ । त्यसमध्ये कम्तिमा पनि ३० हजार लगानीकर्ता प्रदर्शनमा आउने अपेक्षा गरेका छौं, उनले भनेका छन् । ‘तिलक कोइरालाको थप स्वास्थ्य बिग्रिन नदिन र हाम्रा माग तत्काल पूरा गराउन तपाइको उपस्थिति अनिवार्य छ,’ उनले लेखेका छन् ।  

‘अरुको नारा जुलुसमा कति गयौं होला, के अब आफ्नो लागि ५२ लाख लगानीकर्ताका लागि, तिलकजी को जीवन रक्षाको लागि तपाईं आउनुहुन्न त ? सबै जुटौ कोही नछुटौ एकतामै बल हुन्छ नियामक र सरकार विरुद्ध एक भएर हाम्रो शक्ति प्रदर्शन गरौं ।’ उनले आम लगानीकर्तालाई –यार्लीमा सहभागी हुन आग्रह गर्दै भनेका छन् । 

प्रतिक्रिया