अपि पावरको हकप्रद चाहनेहरूका लागि आज अन्तिम अवसर

काठमाण्डौ । हकप्रदक शेयरको लागि अनुमती पाएको अपि पावरले भोली बुकक्लोज दिन राखेको छ । त्यसैले आज शेयर धनी बन्नेहरुले मात्र कम्पनीको राईट शेयरको लागि आवेदन दिन पाउने छन ।  


कम्पनीको चैत्र ४ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि चैत्र १४ गते, सोमबार एक दिन बुकक्लोज गर्ने निर्णय गरेको हो । त्यसैले, आज चैत्र १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।


कम्पनीले चैत्र २५ गतेबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः०।३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।


कम्पनीको हकप्रदमा चैत्र २५ गतेदेखि २०७९ साल बैशाख १५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय