काठमाडौं - उपकार लघुवित्तको आइपीओ बिहीबार बाँडफाँड गर्ने तयारी गरिएको बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेडले जनाएको छ ।
कम्पनीको प्रि Allotment आज गर्ने तयारी छ ।
बुधबार Pre Allotment गरेर बिहीबार शेयर बाँडफाँड गर्ने तयारी कम्पनीको छ । अहिले सम्पूर्ण तयारी पूरा भएको समेत प्रबन्धकले जनाएको छ ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २५ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत अर्थात् २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो।
लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्य दरका २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी २ लाख २१ हजार १५६ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको थियो । कम्पनीको शेयरमा माग भन्दा धेरै आवेदन परेको हुँदा गोलाप्रथाबाट भयमानी लगानीकर्ता चयन गरिने छ ।
लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा लघुवित्तलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्तको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।